परीक्षामा चिट चोर्दाचोर्दै समातिए पूर्वमेयर

रातोघर

 २०८० श्रावण ३२, बिहिबार  मा प्रकाशित
३४२ पाठक संख्या


कैलाली  । 

कैलालीको गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम देउवा स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परीक्षा हलबाट निकालिएका छन् ।

आजदेखि सुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोर्दाचोर्दै पूर्वमेयर देउवा समातिएका थिए । त्यसपछि उनको परीक्षासमेत रद्द गरिएको छ ।

एमालेबाट मेयरमा निर्वाचित भएका देउवा खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो ।

जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरीरहेको अवस्थामा उनी समातिएको बताइएको छ । परीक्षा सुरु भएको १ घण्टा नहुँदै चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ ।भोलिदेखि भने उनले परीक्षा दिन पाउने जनाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban