भक्तपुरमा सुधार गृहबाट कैदी बन्दी भागेपछि उपत्यकाभरि सतर्कता

रातोघर

 २०८० भाद्र ४, सोमबार  मा प्रकाशित
३९८ पाठक संख्या


काठमाडौं ।

सानोठिमीस्थित बाल सुधार गृहबाट कैदीहरु भागेपछि उपत्यकाभरि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । ‘भागेर उपत्यकाका अरु जिल्लामा पनि गएको देखिएकाले सबैतिर प्रहरीलाई खबर गरेका छौं’, उनले भने, ‘केही नियन्त्रणमा समेत आएका छन् ।’

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, हाल ८७ जना काठमाडौंबाट पक्राउ परेका छन् । ‘अन्यतिर पनि खोजी जारी छ’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर कैदीहरु भागेका थिए । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।

बस्नेतको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban