

वीरगञ्ज ।
सीमा क्षेत्रबाट प्रहरीले श्रोत नखुलेका भारी परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।प्रहरीले भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पञ्चायत ४ का २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट श्रोत नखुलेको २६ लाख बराबरका नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका नोटमा हजार, सय र पचास दरका नेपाली रुपैयाँ छन् ।
प्रहरीले मटिहानी तीन स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडि चेक प्वाइन्ट थापेर साहलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीका अनुसार ज १२ प १६४४ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका साहलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा उक्त नोट फेला परेको हो ।





Write your Comment