ऋणको बोझले ‘आत्महत्या’

रातोघर

 २०८० भाद्र २१, बिहिबार  मा प्रकाशित
४४२ पाठक संख्या


काठमाडौँ ।

राजविराज । भएको एक मात्र घर जग्गा खाली गर्न मिटरब्याजीले दवाव बढाउँदै लगेपछि तनावमा परेका श्रीमानले आत्महत्या गरेको एक एकल महिलाले गुनासो पोखेकी छिन् ।

सप्तरीको खडक नगरपालिका–१० की २८ वर्षीया ललिता साहले यस्तो गुनासो पोखेकी हुन् । उनका श्रीमान ३२ वर्षीय दिरि लाल साह १८ दिनअघि घरमै मृत अवस्थामा भेटिएका थिए । प्रहरीले उनको करेन्ट लागेर मृत्यृु भएको तथा घटना’  थप अनुसन्धान भईरहेको जनाउदै आएको छ ।

तर परिवारजनले आत्महत्या भएको दाबी गरेको छ । यसै क्रममा बुधवार एकल महिला ललिताले मानव अधिकारकर्मी तथा सञ्चारकर्मीलाई भेटेर ऋणको बोझले तनावमा परेका श्रीमानले आत्महत्या गरेको भन्दै घटनाको छानवीन गर्न माग गरेकी छिन् ।

उनले सोही नगरपालिकाकी मिटरब्याजी ५५ वर्षीया फूलकुमारी साहले ऋण वापत धितो राखेको जग्गा ऋण चुक्ता गरिसकेपनि फिर्ता गर्न नमान्दा तनावमा रहेका श्रीमानले आफैले करेन्ट लगाई आत्महत्या गरेको दाबी गरेकी छिन् ।

घटनाको अघिल्लो दिन मिटरब्याजी साहुनी फुलमायाँ कुमारीका आफन्तले आफुहरु वसोवास गर्दै आएको एकमा संरचना भएको घर भत्काई दिएको र २ दिन भित्र पुर्णरुपमा खाली नगरे ठेगान लगाईदिने धम्की दिएको सुनाउँदै ललिताले भनिन्, ‘त्यसपछि श्रीमान तनावमा परेका थिए ।’

उनले जग्गा धितो राखेर लिएको ऋण ब्याज सहित चुक्ता गरिसकेपनि चर्काे ब्याज थप्दै रकम माग्ने र जग्गा फिर्ता गर्न अस्विकार गर्दै आएको साहुनी फुल कुमारीले विगत एक महिनादेखि मान्छे पठाएर घर जग्गा खाली गर्न दवाव बढाउँदै लगेको सुनाइन् ।

पछिल्लो पटक त घरै भत्काई दिएपछि तनावमा परेका श्रीमानले आत्महत्याको बाटो रोजेको ललिताको भनाई छ । उक्त घटना’bout जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत उजुृरी दर्ता गराएको उनले जानकारी दिएकी छिन् । सोही नगरपालिका निवासी प्रदेश साँसद माला कुमारी कर्णले धितो वापत फुल कुमारी निर राखेको जग्गा फिर्ता नपाउँदा तनावमा परेका दिरिपले आत्महत्या गरेको कुरा आफुले पनि छरछिमेकबाट थाहा पाएको भन्दै उक्त घट्नाको सत्यतथ्य छानवीन हुनु पर्ने माग गरेकी छिन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban