छुरा प्रहारबाट रौतहटका यादवको हत्या, दुई जना पक्राउ

रातोघर

 २०८० भाद्र ३०, शनिबार  मा प्रकाशित
४०९ पाठक संख्या


रौतह।

रौतहटमा दुई समूहबिच विवादका क्रममा भएको छुरा हानाहानमा एक व्यक्तिको मृत्यु भएको छ ।जिल्लाको कटहरी नगरपालिका – ५ मा छुरा प्रहार गरी स्थानीय २५ वर्षीय युवक सनिलराय यादवको मृत्यु भएको हो ।

शुक्रवार राती कारब ८ बजे दुई समूहबिच भइरहेको विवादका क्रममा अर्को समूहले प्रहार गरेको छुरा यादवको देब्रे कोखामा लागेको थियो ।छुरा प्रहारबाट अचेत बनेका यादवलाई उपचारका लागि स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगेको थियो ‌। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । किसन साहलाई पक्राउ गरेको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन ।प्रहरीका अनुसार घटना अघि यादवका दाजुभाइ र अर्को पक्षबिच विवाद भएको थियो । सोही क्रममा भएको छुरा प्रहारबाट यादवको मृत्यु भएको हो ।

यद्यपि रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले यादवमाथि छुरा प्रहार गर्नुको कारण अहिलेसम्म पनि नखुलेको बताएका छन् । एसपी श्रेष्ठले घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।स्रोतका अनुसार प्रहरीले छुरा प्रहार गरेको आरोपमा बद्री साह सोनार र उनका काका किसन साहलाई पक्राउ गरेको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban