बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० घाइते

रातोघर

 २०८० आश्विन ५, शुक्रबार  मा प्रकाशित
६४० पाठक संख्या


बाँके ।

बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । राती भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिए ।

दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ । बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन ।

पछिल्लो पटक लागू औषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधार गृहमा रहेका अन्य व्यक्तिहरूसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो । यसअघि माघ अन्तिम साता पनि दुई पक्षबिच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो । बालिग भए पनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban