चितवनको बैकुण्ठे तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु

रातोघर

 २०८० आश्विन ७, आईतबार  मा प्रकाशित
३५५ पाठक संख्या


चितवन ।

तालमा नुहाउने क्रममा डुबेर चितवनमा १ जनाको मृत्यु भएको छ। चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर १ जना बैंक कर्मचारीको मृत्यु भएको हो।मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममाडुबेका थिए। दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban