पर्साको चमरी पुलबाट ६४ पोका चरेससहित ठोरीका श्रेष्ठ पक्राउ

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
४२४ पाठक संख्या


वीरगञ्ज ।

पर्साको जिराभवानी गाउँपालिका – १ १ मा पर्ने चमरी पुलबाट प्रहरी ठुलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले ६४ वटा पोकामा रहेको ३२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साकै ठोरी गाउँपालिका – ४ विजयवस्ती निवासी क्षेत्र बहादुर श्रेष्ठ रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ मोटरसाइकलमा सवार भई जाँदै गरेका श्रेष्ठलाई चमरी पुलमा रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा श्रेष्ठ सवार मोटरसाइकलमा लुकाइछुपाई राखिएको अवस्थामा ६४ वटा पोकामा रहेको लागूऔषध चरेस बरामद भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban