पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ

रातोघर

 २०८० आश्विन ९, मंगलबार  मा प्रकाशित
७६४ पाठक संख्या


काठमाडौं ।

पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ मालेपाटनका बिनय गुरुङ रहेका छन्।उनलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए।प्रहरीले चिकित्सकको तर्फबाट नाराबाजीमा संलग्न फिस्टेल अस्पतालका डा दिनेशकुमार बिकलाई समेत नियन्त्रणमा लिएको थियो। उनलाई भने प्रहरीले छाडिसकेको छ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण भएको थियो। लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban