

वीरगञ्ज ।
प्रहरीले पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर.५ प्रसौनीभट्टाबाट लागु औषध गाँजासहित दुई जनलाई पक्राउ गरेको छ ।प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिकाको वडा नम्बर ९ बिश्रामपुर लोटल राउत कुर्मी र सोही ठाउँ निवासी देवलाल साह कलवारलाई पक्राउ गरेको हो ।
प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा मिति बिहिबार अन्दाजी ९ बजेको समयमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रम्मा संकास्पदरूपमा साईकल चलाई गईरहेको दुबै जनालाई खानतलासी गर्दा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।दुबै जनाले लुकाई छिपाई आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १÷१ किलो दरले ४ किलो लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।





Write your Comment