पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

रातोघर

 २०८० आश्विन १५, सोमबार  मा प्रकाशित
३४२ पाठक संख्या


दाङ। 

दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलनजिक दुर्घटना भएको हो । बसमा १६ जना यात्रु थिए । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । बसका चालक रामेछाप सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban