खुकुरी प्रहार गरेर महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ

रातोघर

 २०८० आश्विन २३, मंगलबार  मा प्रकाशित
४४२ पाठक संख्या


काठमाडौँ ।

सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भोजपुरको साल्पा सिलिचोक गाउँपालिका–९ घर भएका ४९ वर्षीय निमा तामाङ छन् ।

निमाले इटहरी उपमहानगरपालिका–१७ मझौरा बस्ने ३२ बर्सिया कमला तामाङको हत्या गरेको आरोप छ । सामान्य विवादमा उनले कमलालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा निधन भएको थियो ।घटनाबारे इलाका प्रहरी कार्यालय पकलीले अनुसन्धान गरिरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban