बारा प्रहरीद्धारा महागढिमाइ नगरपालिकाबाट २९ केजी गाँजा बरामद

रातोघर

 २०८० आश्विन २६, शुक्रबार  मा प्रकाशित
३६८ पाठक संख्या


बारा।

बारा प्रहरीले महागढिमाइ नगरपालिकाबाट २९ केजी गाँजा बरामद गरेको छ। महागढीमाई नगरपालिका वडा नम्बर ६ स्थित खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा प्र २-०३-०२२ नम्बरको मोटरसाइकलमा गाँजा ल्याउँदै गरेका ब्यक्ति गाँजाको बोरा फालेर भागेका थिए।

मोटरसाइकललाई खोज्दै जाँदा माहागढिमाई नगरपालिकाकै वडा नम्बर ११ मधुरी टोलको बासँ घारीबाट उक्त मोटरसाइकल पनि बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए। गाँजा नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको उनले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban