खेल जित्न नेपाललाई युएईले दियो १४१ रनको लक्ष्य

रातोघर

 २०८० कार्तिक १, बुधबार  मा प्रकाशित
४३५ पाठक संख्या


 

काठमाण्डौ ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले खेलको समाप्तिमा ७ विकेट गुमाएर १४० रन बनाएको छ।युएईका खेलाडी खालिद  शाह शून्यमा आउट भएका थिए भने अलिशान शरफुले ६ रन, आसिफ खानले १५ रन, अलि नसिरले ३२ र मुहम्मद वसिमले १७ रन बनाए।

यसैगरी मुहम्मद फराझुद्दीन शून्यमा आउट भएका थिए। बसिल हम्मिदले ३८ बलमा ५१ रन बनाए भने संचित शर्मा  २ र नीलंश केसवानी ले ४ रन बनाएका छन्।

नेपालका तर्फबाट गुल्शन झाले २, करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिएका छन्।अविनाश बोहराले सातौं तर महत्वपूर्ण विकेट लिएका छन्। उनले ३८ बलमा ५१ रन बनाएका बसिल हम्मिदलाई आउट गरेका हुन।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban