इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिए

रातोघर

 २०८० कार्तिक १४, मंगलबार  मा प्रकाशित
४४६ पाठक संख्या


काठमाडौं ।

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमालबिच जारी युद्धमा अहिलेसम्म ३१ पत्रकार मारिएका छन् ।‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ (सीपीजे) का अनुसार इजरायल र हमासबिच जारी युद्धमा अहिलेसम्म २६ प्यालेस्टिनी, ४ इजरायली र एक लेबनानी पत्रकार मारिएका छन् ।

सीपीजेले विज्ञप्तिमा भनेको छ, ‘खास गरी गाजा क्षेत्रमा पत्रकारहरूले असाधारण खतराको सामना गर्नु परिरहेको छ, उनीहरूले इजरायलको खतरनाक बमबारी र जमिनी हमलाबाट गुज्रिनु परिरहेको छ ।’

मृत्यु भएका पत्रकारमा प्यालेस्टिनी फिल्म मेकर रोशदी सराज र रोयटर्सका बेरुतस्थित भिडियोग्राफर इसाम अब्दल्लाह पनि छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार उसका पत्रकार इजरायलका तर्फबाट लेबनान सीमामा गरिएको आक्रमणमा मारिएका हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban