जाडोमा घ्यू-पानीले नुहाउनुस्, पाउनुहुनेछ यी चमत्कारिक फाइदा

रातोघर

 २०८० कार्तिक १५, बुधबार  मा प्रकाशित
४०१ पाठक संख्या


काठमाडौं ।

जाडो मौसममा अत्यधिक मानिस तातो पानीले नुहाउन मन पराउँछन् । यसले शरीरमा ताजगी आउनुका साथै चिसोबाट पनि जोगाउने काम गर्छ ।

तर, नुहाउने तातो पानीमा थोरै घ्यू मिसाउँदा शरीरलाई धेरै फाइदाहरू हुन सक्छ । आउनुहोस् नुहाउने तातो पानीमा घ्यू मिसाउँदा कस्ता-कस्ता लाभहरू पाउन सकिन्छ जानौं ।

-घ्यूमा ओमेगा ३ फ्याटी एसिड, भिटामिन ए, के, ई जस्तो कैयौं पोषक तत्वहरू हुन्छन् । यसले छालाको इन्यूनिटीलाई बलियो बनाउँछ जसले गर्दा छालाको संक्रमणबाट पनि बचाउ गर्न सकिन्छ ।

-जाडोमा प्रायः मानिसहरूलाई छाला सुख्खा हुने समस्या हुन्छ । यो समस्याबाट बच्नका लागि तपाईं नुहाउने मनतातो पानीमा घ्यू मिसाउन सक्नुहुन्छ । यसले छाला सुख्खा हुनबाट जोगाउँछ । साथमा यसले शरीरको तापक्रमलाई नियन्त्रित राख्न पनि सहयोग गर्छ ।

-मनतातो पानीमा घ्यू मिसाएर नुहाउँदा यसले छालालाई मोइस्चराइज गर्ने काम गर्छ । जसले गर्दा चिलाउने समस्याबाट पनि राहत पाउन सकिन्छ । यसले तपाईंको छाला फ्रेश रहन्छ ।

-शरीर तथा छालालाई स्वस्थ राख्नका लागि तपाईं नुहाउने पानीमा मात्र दुई थोपा जति घ्यू मिसाउनुहोस् । यसले छालामा हुने संक्रमणहरूबाट पनि जोगाउँछ । जसले गर्दा छालाको एलर्जीहरू पनि हुँदैन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन