जाडोमा बिहानको घामको फाइदा

रातोघर

 २०८० मंसिर ५, मंगलबार  मा प्रकाशित
४५१ पाठक संख्या


काठमाडौं ।

जाडोमा घाम ताप्न कसलाई मन पर्दैन । यसले शरीर तातो त हुन्छ नै साथमा जाडोमा बिहानको घाम ताप्नुका धेरै फाइदाहरु पनि छन् । आउनुहोस् जाडोमा कति घाम ताप्नुपर्छ र यसका कति फाइदा छन् जानौं ।

घामको भरपूर मात्रामा फाइदा लिनका लागि हप्तामा कम्तीमा ३ देखि ४ पटक घाममा बस्नु पर्दछ । यस्तोमा तपाईं बिहान वा साँझको हल्का घाममा कम्तीमा २० मिनेट जरुर बस्नुहोस् । यो हल्का घाममा बस्नाले शरीरलाई एकदमै धेरै फाइदा हुन्छ ।

जो व्यक्तिले प्राकृतिक तरिकाले नै भिटामिन डीको कमी पूरा गर्न चाहन्छन् उनीहरु पनि घाममा जरुरी बस्नु पर्दछ । यदी शरीरमा भिटामिन डी को मात्रा पर्याप्त छ भने हड्डीले क्याल्सियमलाई राम्रोसँग अब्जर्ब गर्न सक्छ ।

जाडोमा घाममा बस्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । केहीबेर घाममा बस्नाले शरीरमा सेतो रक्तकोषिकाहरुको उत्पादन बढ्छ । यसले शरीरलाई कैयौं समस्याहरुबाट बचाउन सहयोग गर्छ ।

त्यस्तै जाडोमा घाम ताप्दा शरीरमा रगत पनि सफा हुन्छ । जसले गर्दा कैयौं प्रकारका फंगल इन्फेक्शन, एग्जिमा, सोरायसिस जस्ता छाला सम्बन्धी समस्याहरुबाट पनि बच्न सकिन्छ । यसबाहेक शरीरको रक्तचाप पनि सही रहन्छ ।

घाममा बस्नाले शरीरमा मेलाटोनिन हर्मोनको उत्पादन बढ्छ । यो हर्मोनले मानसिक तनावलाई भगाउन सहयोग गर्छ । जसले गर्दा निद्राको गुणात्मकता बढ्छ र राम्रो निद्रा आउँछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन