मोटरसाईकल दुर्घटनामा परि २ जना यूवकको मृत्यु

पुष्पराज खतिवडा

 २०८० पौष ७, शनिबार  मा प्रकाशित
३९७ पाठक संख्या


बारा ।

मोटरसाईकल दुर्घटनामा परि २ जना यूवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१३ बलिरामपुर बस्ने राजेश मेहता खत्रीका छोरा २२ बर्षका कुन्दन मेहता खत्री र सोही पालिका वडा नं.१२ शितलपुर बस्ने बिनोद प्रसाद कुशवाहाको छोरा वर्ष २२ को अभिमनु कुशवाहा रहेका छन् ।

शनिबार अपराहन्न १२:१० को समयमा कलैयाबाट बिरगजं तर्फ गई रहेको म.प्र.०३–०३०–प ४३९८ नंबरको मोटरसाईकल प्रसौनी गाउँपालिका वडा नं.२ स्थीत दुधौरा खोलाको पुलको बाँया साईडको पिलरमा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटना परि गम्भीर घाईते दुबैको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक खत्रीको एल.एस. न्युरो अस्पताल परवानीपुरमा र कुशवाहाको एनएमसी अस्पताल बिरगजंमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी दुबैजना एउटै मोटरसाईकलमा सवार थिए । तिब्रगतीका कारण दुर्घटना भएको बारा प्रहरी प्रवक्ता डिएसपी दघिराम न्यौपानेले जानकारी दिनुभयो ।
मृतकमध्येका खत्री कलैया उपमहानगरपालिका वडा नं.१३ का वडा अध्यक्षका छोरा हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban