साना किसान सहकारी भोडाहाको १७ औं बार्षिक साधारणसभामा सहनीले भने राज्य कृषि मैत्री भएन

पुष्पराज खतिवडा

 २०८० पौष ७, शनिबार  मा प्रकाशित
५१९ पाठक संख्या


भोडहा,बारा ।
कलैया उपमहानगरपालिका वडा नं.२२ मटेरियामा रहेको साना किसानन कृषि सहकारी संस्था लिमिटेड भोडहाको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार भोडहा स्थीत तपी माध्यमिक विद्यालय परिषरमा सहकारी संस्थाको बार्षिक साधारणसभाको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सहकारी संघ अध्यक्ष सहनीले साना किसान सहकारीहरुले कृषि उत्पादन वृद्धि र बजारीकरणमा गरिरहेको कामको प्रशंसा गर्नु भयो । जिल्लामा रहेका १६ वटा साना किसान कृषि सहकारीहरुले बचत तथा ऋणको कारोबार मात्रै नभएर कृषि उत्पादन वृद्धि र बजारीकरणको काम गरिरहेको उहाँले बताउनु भयो ।

सहकारीहरुले विउ उत्पादन, कृषि पसल संचालन, दुध संकलन र विक्री, धानगहुँको भण्डारणका काम गरिरहेको उहाँले जानकारी दिनु भयो । सहकारी संस्थाहरुले आफु र आफ्नो पहलमा काम गरिरहेपनि स्थानिय सरकारको साथसहयोग भने नरहेकोमा दुखेसो पोख्नु भयो ।

राज्य र राज्यका निकायहरुबाट सहयोग हुने हो, भने हाम्रा सहकारीहरुले कृषि क्षेत्रमा धेरै गर्न सक्ने थिए । सरकार कृषि र सहकारीमा लगानी गर्न चाहँदैन । जुन दुखद अवस्था हो, उहाँले भन्नु भयो ।

कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराकी उपाध्यक्ष नयनकला खड्का, कलैया उपमहानगरपालिका वडा नं.२१ का अध्यक्ष शिवविहारी चौधरी, २७ का अध्यक्ष अशोक कुमार तिवारी, १५ का भोरिक प्रसाद यादव, २२ शिवचन्द्र कामी, पूर्व वडा अध्यक्ष पुनदेव प्रसाद रौनियार, लालबाबु यादव, शिवचन्द्र प्रसाद यादव लगायतकाले बोल्नु भएको थियो ।

८१० जना सदस्य रहेको संस्थाले १४ करोड ७२ लाख रुपैंयाको कारोबार गर्दै आएको जनाएको छ । संस्थाले भोडहा बजारमा दुध संकलन तथा विक्री केन्द्र समेत संचालन गर्दै आएको छ ।

संस्थाले बार्षिक साधारणसभाका अवसरमा एकदर्जन सदस्य, जेष्ठ नागरिक र विद्यार्थीलाई सम्मान गरेको छ । सभामा प्रस्तुत भएका संस्थागत र लेखापरिक्षण प्रतिवेदन, बजेट तथा आगामी कार्यक्रम सुझाव सहित पारित भएको छ ।

संस्थाका अध्यक्ष विन्दा सिंह राजपुत अस्वस्थ भई उपचारमा रहेकाले बार्षिक साधारणसभा संस्थाका उपाध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षता भएको थियो । यस्तै संचालक समितिका सदस्य सलाउदिन मियाँ अंसारीको स्वागत एवं प्रबन्धक नगिना प्रसाद साहको संचालनमा सम्पन्न बार्षिक साधारणसभा भएको थियो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban