बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गयो

रातोघर

 २०८० पौष १०, मंगलबार  मा प्रकाशित
५४७ पाठक संख्या


पर्सा ।

बाघको आक्रमणमा परि पर्सामा एक जनाको ज्यान गएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका २ का ३२ वर्षीय मनोज उरावँ धाँगडको बाघको आक्रमणमा परि ज्यान गएको हो ।

हिजो आइतबार साँझ जंगल छेउमा दिसा गर्न गएका उनी राति घर नपुगेपछि उनको खोजतलास गर्ने क्रममा जङ्गलमा उनले लगाएको चप्पल भेटिएको हो । चप्पल भएकै ठाउँभन्दा केहि पर  बाघको पञ्जाको डोव र मृतकको मोबाइल भेटिएको थियो ।

साथै बाघले खाएर छाडेको शरीरको केहि अवशेष समेत भेटिएको  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban