

बारा ।
जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ६ प्रसौनामा रहेको साना किसान कृषि सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बारा क्षेत्र नं.१बाट निर्वाचित संघिय सांसद अच्युत मैनालीले सभाको उद्घाटन गर्नु भएको थियो । साधारणसभासँगै सांसद मैनालीले सहकारी संस्थाले कृषि ज्ञानकेन्द्र बाराको ५० प्रतिशत अनुदानमा निर्माण गरेको गोदाम घरको समेत उद्घाटन गर्नु भएको थियो ।
प्रमुख अतिथी मैनालीले साना किसान सहकारीहरुले महिला शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेलीको बताउनु भयो । महिलाको क्षमता विकास,चेतना समृद्धिमा सहकारीको योगदान उल्लेखिय रहेको उहाँको भनाई थियो ।
एकता, विश्वास र सुद्धीढ आर्थीक जिवनले मात्रै सहकारी चल्न सक्ने हुँदा एकता र विशसलाई कायम राख्दै आवद्ध महिलाहरुको जीवन स्तर उकास्ने खालका काममा सहकारीले भुमिका खेल्नु पर्दछ । कृषि पशुपालनका साथै आय आर्जनका काममा कर्जाको सदुपयोग गर्न सके पारिवारी आर्थीक उपलब्धी हाँसिल हुने उहाँको भनाई थियो ।
जव महिला सामाजिक र आर्थीक रुपमा सबल हुन्छन् । अनी मात्रै परिवार सफल हुन्छन् सांसद मैनालीले भन्नु भयो । उहाँले दुर्गा प्रसाईको पछाडी लागेर ऋण मिनाह हुनेकुरामा नपर्न सहकारीका सदस्यहरुलाई अनुरोध समेत गर्नु भयो ।
यस्तै प्रदेशसभा सदस्य त्रिलोकी प्रसाद चौधरीले महिलाहरु पूरुषको तुलनामा बढी ईमान्दार हुने बताउनु भयो । ईमान्दार, शिक्षीत र विवेकी महिलाको नेतृत्वले सिंगो समाज बदल्ने शक्ति राख्दछ, उहाँले भन्नु भयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी,उपाध्यक्ष नयनकला खड्का, सह कोल्हबी ५का पूर्व वडा अध्यक्ष पुरनदेव चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड इनर्वासिराका प्रबन्धक झपेन्द्र बराल लगायतकाले बोल्नु भएको थियो ।
९९२ जना महिला सदस्य रहेको सहकारी संस्थाले उत्कृष्ठ कारोबार गर्ने आधा दर्जन सदस्यलाई सम्मान गरेको छ । १७ कारोड ५९ लाख रुपैंयाको कारोबार गर्दै आएको सहकारीले गत आर्थिक बर्षमा गरेको मुनाफा ५५ लाख ६० हजारबाट १५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।
आजै उद्घाटन गरिएको करिब ५० लाखमा निर्माण सम्पन्न भएको गोदाम घरमा २० हजार बोरा अर्थात ८ सय मेटिक टन खाध्यान्न भण्डारण गर्न सकिने जनाईएको छ । संस्थाले हाल ४५ सय बोरा धान संचय गरेको उल्लेख गरेको छ ।
संस्था अध्यक्ष कलावती चौधरीको अध्यक्षता लेखा समिति संयोजक निर्मा अधिकारी स्वागत र प्रबन्धक जितेन्द्र चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।






Write your Comment