सिमराबाट सुनजस्तो देखिने धातुसहित माझी र विक पक्राउ

रातोघर

 २०८० माघ ३, बुधबार  मा प्रकाशित
६६१ पाठक संख्या


सिमरा ।
बारामा सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका – २ स्थित विकासशील चोकबाट करिब ६ सय ५८ ग्राम सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका – १८ निवासी ५४ वर्षीय राधेश्याम माझी र गोरखाको गोरखा नगरपालिका – १ निवासी ३८ वर्षीय यदु कुमार विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रुमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban