जनता मावि रजघट्टामा उपमहानगर स्तरिय तेस्रो राष्टपती रनिग् शिल्ड सुरु

पुष्पराज खतिवडा

 २०८० माघ ९, मंगलबार  मा प्रकाशित
७१७ पाठक संख्या


बारा ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाले तेस्रो राष्टपती रनिग् शिल्ड प्रतियोगिताको आयोजना गरेको छ । जितपुरसिमरा उपमहानगगरपालिका वडा नं.१४ को रजघट्टामा रहेको श्री जनता माध्यमिक विद्यालयमा मंगलबार कार्यक्रमको पूर्वमन्त्री एवं संघिय सांसद ज्वाला कुमारी साहले उद्घाटन गरिन् ।

प्रतियोगितामा पालिका भरिका २० सामुदाकि र १६ नीजि गरी ३६ विद्यालयले भाग लिएका छन् । भलिबल, कबड्डी, फुतबल, क्रिकेट, एथलेटिक्स, कराँते र तेकवान्डो गरी ७ खेल समावेस गरिएको छ । प्रतियोगिता अन्तरगत १२४ वटा खेल हुने छन् । जस्मा २४३ जना छात्रा र ३३१ जना छात्रगरी ५७४ जना विद्यार्थीले प्रतियोगितामा भाग लिने शिक्षक राजु अधिकारीले जानकारी दिए ।

२०७८ सालबाट जितपुरसिमराले रनिग् शिल्ड प्रतियोगिता आयोजना गर्न थालेको हो । पहिलो प्रतियोगिता जनता माध्यमिक विद्यालय रजघट्टामै सम्पन्न भएको थियो । दोस्रो नेपाल राष्टिय माध्यमिक विद्यालय फत्तेपुरमा र तेस्रो पुनः रजघट्टामै आयोजना गरिएको हो, उनले बताए ।

जितपुरसिमरा उपमहानगरपालिका भित्र ६१ सामुदायिक र ५५ नीजि गरी ११६ वटा विद्यालय संचालनमा छन् । ति विद्यालयहरुमा करिब १० हजार विद्यार्थी अध्यायनरत रहेका पालिकाले जनाएको छ ।

रनिग् शिल्ड प्रतियोगिता उद्घाटन समारोहमा पूर्वमन्त्री एवं संघिय सांसद साह सहित संविधान सभा सदस्य मधु शाही, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नं.१४ की अध्यक्ष चयन मगर, कार्यपालिका सदस्य प्रभावती पास्वान, प्रलाहद साह लगायतको सभागिता रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले विद्यालय स्तरमा खेलकुदलाई प्राथमिकता दिनु पर्ने धारण राखेका थिए । उनीहरुले बार्षिक रुपमा नभई विद्यालयहरुमा पठनपाठनसँगै नियमित खेलकुदका गतीविधि हुन पर्ने बताए ।

कार्यक्रम उद्घाटनका अवसरमा विद्यार्थीहरुले विभिन्न झाँकी, तृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिया्ेगिताको सचिवालय विद्यालयको रुपमा समेत रहेको जनता माध्यमिक विद्यालयका प्रधानअध्यापक राजु अधिकारीको संचालनमा उद्घाटन कार्यक्रम भएको हो ।
आजबाट सुरु भएको प्रतियोगिता माघ १३ गते समापन हुनेछ ।

मंगलबार आयोजित रनिग् शिल्ड उद्घाटन विशेष ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban