

सिमरा, बारा ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ मा रहेको जनता माध्यमिक विद्यालय रजघट्टा सम्मानित भएको छ । राष्टिय वाणिज्य बैंक लिमिटेडको ५९ औं बार्षिकत्सवको अवसरमा बैंकसँगको निरन्तर कारोबारको आधारमा विद्यालय सम्मानित भएको हो ।
बुधबार बैंकको सिमरा शाखामा आयोजित बार्षिकत्सव विशेष कार्यक्रममा बैंकका शाखा प्रबन्धक निरोज पाण्डेले विद्यालयका प्रधानाध्याक राजु अधिकारीलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
यस बैंकले प्रदान गरेको बैंकिग् सेवा सुविधालाई विश्वास गरी बैंकसँग निरन्तर कारोबार गरिरहनु भएकाले तपाई श्री जनता मा.वि. जितपुरसिमरा १४,बारा ज्युलाई आगामी दिनमा पनि यस्तै विश्वास र साथको अपेक्षा गर्दै बैंकको ५९ औं बार्षिकत्सवको उपलक्ष्यमा यो सम्मान प्रदान गरिएको छ । , सम्मान पत्रमा भनिएको छ ।
बैंक्ले अवसरमा अन्य ३ जना उत्कृष्ठ कारोबारकर्तालाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा सतिस गल्ला भण्डार जितपुर, लक्ष्मी आयल स्टोर प्रा.लि. अमेखगजं र न्यु सन्देश किराना पसल सिमरा रहेका छन् ।
उनीहरुलाई पनि निरन्तर असल कारोबारको अपेक्षा सहित उत्कृष्ठ ग्राहकको रुपमा सम्मान गरिएको शाखा प्रबन्धक पाण्डेले जानकारी दिए ।





Write your Comment