


सिमरा ।
लामो समयपछि बाराको सिमरासहित विभिन्न स्थानमा पानी परेको छ । लामो समयको खडेरीले आत्तिएका सर्वसाधारणहरुले पानी परेपछि राहत महसुस गरेका छन् ।
बारामा आज दिउँसोदेखि हावाहुरी चलेर भारी वर्षा भएको छ भने दिउँसै अन्धकारमय वातावरण बनेको थियो । हावाहुरीसहित आएको चट्याङबिच लामो अन्तरालबिचको वर्षाले शितल बनाएको नगरवासीले बताएका छन् ।
बिहानैदेखि तापक्रम घटेर शितल महसुस भएकोमा दिउँसो हावाहुरीसहित परेको वर्षाले प्रचण्ड गर्मी र तातो हावा चलेर प्रभावित यहाँका नागरिकहरुको जनजिवन केहि सहज भएको छ । यद्यपी हावाहुरी, चट्याङ्सहितको वर्षाले असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।
सिमरामा बैशाखमै यो वर्ष अधिकतम ४४ डिग्री सेल्सियससम्म मापन भएको थियो । जसका कारण आम सर्वसाधारण लगायत दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा तथा बालबालिकाहरु विशेष प्रभावित बनेका थिए । गतवर्ष लामो समय पानी नपरेर खडेरी परेपछि बारा, पर्सा सहित तराई मधेशका जिल्लामा खानेपानीको हाहाकार भएको थियो ।
यसैगरी सिँचाइ, फलफूल तथा तरकारी तथा धुलाम्य सडकहरुमा आजको वर्षाले फाइदा पु¥याएको छ । बारामा यसवर्षकै पहिलो पटक आज वर्षा भएको हो ।




Write your Comment