जीतपुरसिमराकी प्रमुख प्रशासकीय अधिकृत काफलेको सरुवा, चेतकुमार पोखरेल आउँदै

रातोघर

 २०८१ श्रावण ३, बिहिबार  मा प्रकाशित
५४४ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पुनः चेतकुमार पोखरेल आउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्दै उनको स्थानमा पोखरेललाई पठाउने निर्णय गरेको हो ।

गत बैशाखमा जीतपुरसिमरा आएकी काफलेलाई मन्त्रालयले अतिरिक्त समूहमा सरुवा गरेको छ । काफ्लेको स्थानमा मन्त्रालयले यसअघि अढाई वर्ष उपमहानगरपालिकामा काम गरेर अनुभव बटुलेका पोखरेललाई पठाउन लागेको हो ।

लामो समय जीतपुरसिमरामा बसेर काम गरेका पोखरेलको सरुवा भएपछि प्रमुख प्रशासकीय अधिृकत टिक्न सकेका छैनन् । उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्दा नगरको कामकाज प्रभावित हुँदै आएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन