काठमाडौं । सरकारलाई सर्वाधिक कर तिर्ने १७ उत्कृष्ट करदाता सार्वजनिक भएका छन् । कर दिवसको अवसरमा आयोजित विशेष समारोहमा भाटभटेनी सुपरमार्केटका मिन बहादुर गुरुङसहित विभिन्न क्षेत्रका करदातालाई सम्मान गरिएको हो।
आयकर (निकाय)तर्फ नेपाल दूरसञ्चार प्राधिकरण सर्वाधिक कर तिर्ने संस्थाका रूपमा पहिलो स्थानमा रह्यो। एकलौटी फर्मतर्फ थाइ आइ इन्टरनेशनल उत्कृष्ट घोषित भयो। बस्तुगत आयकर श्रेणीमा डाबर नेपाल सम्मानित भयो भने सूचना तथा प्रविधितर्फ भेरिक्स नेपाल प्रालि उत्तम करदाता बनेको छ।
निर्यात कारोबारमा फेरि पनि डाबर नेपाल प्रालि नै अगाडि रह्यो। कृषि तथा पशुजन्य उत्पादनतर्फ पोषक ब्रिडर सम्मानित भयो। बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक उत्कृष्ट रह्यो।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नोबेल मेडिकल कलेज, पर्यटन क्षेत्रमा सोल्टी होटल, र वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट उत्कृष्ट करदाता घोषित गरिएका छन्।मध्यस्तरीय करदाताका रूपमा सिडियस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भयो भने ऊर्जा क्षेत्रमा भोटेकोसी पावर कम्पनी उत्कृष्ट रह्यो। रेमिटेन्स श्रेणीमा आइएमई अग्रस्थानमा रह्यो।
व्यक्तिगत आयकर तिर्ने श्रेणीमा राजबहादुर साह उत्कृष्ट करदाताका रूपमा सम्मानित भए। समयमै कर तिर्ने MUAK श्रेणीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड छानियो।
५० करोडभन्दा बढी कारोबार गर्ने तर्फ भिएफ सर्भिसेज उत्कृष्ट रह्यो भने विशेष उद्योग श्रेणीमा युनिलिभर नेपाल सम्मानित भएको छ।सरकारले कर प्रणालीमा पारदर्शिता, कर तिर्ने संस्कृतिको विस्तार र करदाताको योगदानको कदरस्वरूप प्रत्येक वर्ष कर दिवसमा उत्कृष्ट करदाता सार्वजनिक गर्दै सम्मान गर्दै आएको छ।



























Write your Comment