दक्षिण कोरिया रोजगारीका लागि ईपीएस भाषा परीक्षा आजदेखि सुरु

रातोघर

 २०८२ मंसिर १, सोमबार  मा प्रकाशित
१३८ पाठक संख्या


काठमाडौं । दक्षिण कोरिया रोजगारीका लागि आवश्यक ईपीएस (EPS-TOPIK) भाषा परीक्षा आजदेखि सुरु हुँदै छ। पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएका ६७ हजार जनाको परीक्षा लिइने EPS कार्यालयले जनाएको छ।

सन् २०२५ का लागि कुल १ लाख २ हजार ५१५ जनाले ईपीएस प्रणालीमार्फत आवेदन दिएका छन्। पहिलो चरणपछि दोस्रो चरणमा कृषि तथा पशुपालनतर्फ आवेदन दिएका ३५ हजार जनाको परीक्षा सञ्चालन हुनेछ।

ईपीएस परीक्षा उत्तीर्ण भएपछि मात्रै उम्मेदवारलाई कोरियामा रोजगारीका लागि प्रक्रियामा अघि बढाइनेछ। EPS कार्यालयका अनुसार परीक्षा सुचारु र निष्पक्ष बनाउन व्यापक सुरक्षा तथा व्यवस्थापन गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban