


ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना सहित तत्कालिन गृहमन्त्री असदुज्जामान खानलाई पनि सोही कसुरमा अदालतले मृत्यु-दण्ड सजाय सुनाएको छ। देशका महत्वपूर्ण राजनीतिक घटनासँग जोडिएको मुद्दामा लामो समयदेखि चलिरहेको कानुनी प्रक्रियाले निष्कर्ष निकाल्दै विशेष अदालतले दुबैजनालाई दोषी ठहर गरेको हो।
अदालतले प्रस्तुत प्रमाण, सरकारी पक्षका दाबी र घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै कडा सजाय सुनाइएको बताएको छ। फैसला सार्वजनिक भएपछि बंगलादेशको राजनीतिक परिवेशमा समेत तरंग आएको छ।
यस विषयमा हसिना निकटका नेताहरूले अदालतको निर्णयलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेका छन् भने सरकारी पक्षले भने यो पूर्ण रूपमा कानुनी प्रमाणमा आधारित निर्णय भएको दाबी गरेको छ।
फैसला पश्चात् राजधानी ढाका र विभिन्न सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।





Write your Comment