प्रथम एशियन डजबल च्याम्पियनशिपका लागि राष्ट्रिय टोलीको प्रस्थान, शुभकामनाको ओइरो

रातोघर

 २०८२ मंसिर २, मंगलबार  मा प्रकाशित
१३१ पाठक संख्या


काठमाडौं पहिलो पटक एशियन डजबल च्याम्पियनशिपमा सहभागी हुन नेपाली राष्ट्रिय डजबल टोली प्रस्थान गरेको छ। ऐतिहासिक रुपमा प्रतियोगितामा आफ्नो उपस्थिति जनाउने टोलीलाई खेलकुद क्षेत्र तथा समर्थकहरूले सफलता र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका छन्।

टोलीले यस च्याम्पियनशिपलाई नेपालको डजबल स्तर अन्तर्राष्ट्रिय मैदानमा स्थापित गर्ने अवसरका रूपमा लिएको जनाएको छ। खेलप्रेमीहरू सामाजिक सञ्जालमार्फत “राष्ट्रिय डजबल टिमलाई धेरै धेरै शुभकामना” भन्दै समर्थन व्यक्त गरिरहेका छन्।

Write your Comment