उज्यालोसँग सहमति टुट्दै ‘गोलो घेराभित्र लाइक’ चिह्न लिएर निर्वाचनमा जाने हाम्रो पार्टी नेपाल

रातोघर

 २०८२ मंसिर १७, बुधबार  मा प्रकाशित
१९६ पाठक संख्या


काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ लिएर सहभागी हुने भएको छ।

यसअघि उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चिह्न प्रयोग गरी संयुक्त रूपमा चुनाव लड्ने सहमति भए पनि कानुनी जटिलता र आन्तरिक मिलापमा मतभेद भएपछि सहमति टुटेको हो।

मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग सहमति भई ‘बलेको चिम’ चिह्नबाट निर्वाचनमा जाने तयारी भए पनि पुनरावलोकनपछि मंसिर १६ गते सुनार नेतृत्वको पार्टीलाई आफ्नै चिह्न दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ।

Write your Comment