


हेटौँडा । सडक विस्तारको प्रक्रिया लामो समयदेखि रोकिएको हेटौँडा क्षेत्रमा आज बिहानैदेखि डोजर गुड्न थालेपछि वातावरण तनावपूर्ण बनेको छ। सडक डिभिजन हेटौँडाले बुद्धचोक आसपासको क्षेत्रलाई प्राथमिकता दिँदै सडक विस्तारका लागि घर तथा विभिन्न संरचना भत्काउने कार्य औपचारिक रूपमा सुरु गरेको हो।
सर्वोच्च अदालतले जारी गरेको आदेशलाई आधार मानेर डिभिजनले कुल ५ सय ३१ घर तथा संरचना हटाउनुपर्ने सूची तयार पारेको छ। सडक विस्तारका लागि कानुनी तथा प्रशासनिक तयारी पूरा भएपछि बुधबार बिहानदेखि नै डोजर परिचालन गरिएको र प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको अधिकारीहरूले जनाएका छन्।
स्थानीयहरू केही ठाउँमा विरोध जनाए पनि नियमानुसार क्षतिपूर्तिको प्रक्रिया अघि बढाइने बताउँदै डिभिजनले सडक विस्तारलाई अघि सार्ने अडान पुनः दोहोर्याएको छ।





Write your Comment