बारा–४ मा रास्वपाबाट वकिल सहनीको उम्मेदवारी चर्चामा

रातोघर

 २०८२ पौष २५, शुक्रबार  मा प्रकाशित
१८६ पाठक संख्या


आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रसौनी गाउँपालिकाका वकिल सहनी उम्मेदवार बन्न सक्ने चर्चा सुरु भएको छ । स्थानीय राजनीतिक वृत्तमा सहनीको सम्भावित उम्मेदवारीलाई लिएर चासो बढ्दै गएको हो ।

रास्वपाभित्र उम्मेदवारीका विषयमा आन्तरिक छलफल र आधादर्जन आकांक्षीहरूबीच प्रतिस्पर्धा देखिन थालेको बताइन्छ । यही लुछाचुडीका कारण बारा–४ मा रास्वपाले कस्तो रणनीति अपनाउँछ भन्ने विषयलाई लिएर राजनीतिक विश्लेषकहरू र स्थानीय मतदाताहरूको ध्यान केन्द्रित भएको छ ।

वकिल सहनी लामो समयदेखि स्थानीयस्तरमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनको उम्मेदवारीले रास्वपाको उपस्थितिलाई बारा–४ मा थप बलियो बनाउने वा नबनाउने विषय भने निर्वाचन परिणामपछि मात्र स्पष्ट हुने देखिन्छ ।

यस क्षेत्रबाट विभिन्न दलका प्रभावशाली उम्मेदवारहरू मैदानमा उत्रने तयारीमा रहेकाले रास्वपाको ‘घण्टी’ चुनावी प्रतिस्पर्धामा कति प्रभावकारी रूपमा बज्छ भन्ने कुरा हेर्न बाँकी रहेको स्थानीय जानकारहरू बताउँछन् ।

Write your Comment