वर्ल्डलिंकले ल्यायो ‘दृष्टि स्नोम्यान स्मार्ट सीसीटिभी’, ३ हजारमै घर तथा व्यवसायको अत्याधुनिक सुरक्षा

रातोघर

 २०८२ माघ १४, बुधबार  मा प्रकाशित
३०२ पाठक संख्या


काठमाडौँ । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले घर तथा साना व्यवसायको सुरक्षालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘दृष्टि स्नोम्यान स्मार्ट सीसीटिभी’ बजारमा ल्याएको छ । ‘दृष्टि’सँगको साझेदारीमा ल्याइएको यो इन्डोर क्यामेरा ‘प्लग एन्ड प्ले’ प्रविधिमा आधारित छ जसलाई प्रयोगकर्ताले कुनै विशेष प्राविधिक सहयोगबिना आफैँ सजिलै जडान गर्न सक्नेछन् ।
वाईफाईका माध्यमबाट कनेक्ट हुने यस क्यामेराले प्रयोगकर्तालाई संसारको जुनसुकै कुनाबाट मोबाइल एपमार्फत प्रत्यक्ष भिडिओ हेर्न, तत्काल भिडिओ प्लेब्याक गर्न र मोसन अलर्टहरू प्राप्त गर्न मद्दत पुर्‍याउने कम्पनीले जनाएको छ ।
प्रविधिका हिसाबले अत्यन्तै उत्कृष्ट मानिएको यस क्यामेरामा ३६० डिग्री भिजुअल कभरेज, स्मार्ट नाइट भिजन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको स्मार्ट ट्र्याकिङ सुविधाहरू जडान गरिएका छन् । सुरक्षा र गोपनीयतालाई विशेष ध्यान दिँदै कम्पनीले यसमा ‘एन्ड-टु-एन्ड इन्क्रिप्सन’को प्रयोग गरेको छ भने यसको डेटा स्थानीय रूपमै स्टोर हुने व्यवस्था मिलाएको छ । यसले गर्दा डेटामा पहुँच छिटो हुनुका साथै सरकारी नीति नियम अनुसार प्रयोगकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने दाबी वर्ल्डलिंकले गरेको छ ।
यसमा रहेको ‘टु-वे अडियो’ फिचरका माध्यमबाट प्रयोगकर्ताले क्यामेराको अर्कोतर्फ रहेका व्यक्तिसँग दोहोरो संवाद समेत गर्न सक्नेछन् । कम्पनीले यस सीसीटिभीको मूल्य भ्याटबाहेक तीन हजार रुपैयाँ तोकेको छ । यसमा ग्राहकका लागि विभिन्न क्लाउड स्टोरेज प्लान समेत उपलब्ध छन् । २४ घण्टाको ब्याकअप पाइने ‘बेसिक’ प्लान निःशुल्क उपलब्ध छ भने ३ दिनको ब्याकअपका लागि ३० रुपैयाँको ‘प्लस’, ७ दिनको ब्याकअपका लागि ४० रुपैयाँको ‘प्रो’ र १५ दिनको ब्याकअपका लागि ६० रुपैयाँ प्रति महिनाको ‘म्याक्स’ प्लान ग्राहकले रोज्न सक्नेछन् । वर्ल्डलिंकका नयाँ तथा पुराना ग्राहकका लागि लक्षित यो क्यामेरा खरिद गर्दा ग्राहकले ३ महिनाको वारेन्टी र निःशुल्क इन्स्टलेसन सपोर्ट पाउनेछन् । सीमित स्टक मात्र बाँकी रहेको भन्दै कम्पनीले इच्छुक ग्राहकलाई तुरुन्त नजिकैको वर्ल्डलिंक कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban