


काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि बढाउँदै जिल्ला सभापतिहरूको भेला बोलाएका छन्।
पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला खड्काले चैत १९ गते धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा जिल्ला सभापतिहरूको भेला बोलाएका हुन्। त्यसअघि उनले चैत १७ र १८ गते १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पनि राखेका छन्।
कांग्रेसभित्र नेतृत्व विवाद उत्कर्षमा पुगेको छ। पार्टी सभापति गगन थापाको नेतृत्वमा भएको चुनावी हारपछि देउवा पक्षले समानान्तर गतिविधि तीव्र बनाएको आरोप लागिरहेको छ। यसअघि पनि खड्काको संयोजनमा डा. शेखर कोइरालासहित शीर्ष नेताहरूको छुट्टै भेला हुँदै आएका थिए।
पार्टीभित्रको बढ्दो विवादका बीच कांग्रेसले अनुशासन समितिको बैठकसमेत बोलाएको छ। यस्तै, पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि विवाद थप चर्किएको हो।
देउवा समूहले हालसम्म गगन थापालाई सभापति स्वीकार नगरेको बताइएको छ।




Write your Comment