तेस्रो जितपुर सिमरा क्रिकेट कप २०८२: उद्घाटन खेलमा सर्लाही १७ रनले विजयी

रातोघर

 २०८२ चैत्र २१, शनिबार  मा प्रकाशित
२२८ पाठक संख्या


सिमरा । तेस्रो जितपुर सिमरा क्रिकेट कपको उद्घाटन खेलमा सर्लाहीले पर्सा लाई १७ रनले पराजित गरेको छ । जितपुर सिमरा ४ औराह सेजमा आजबाट सुरु भएको पहिलो खेलमा सर्लाहीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४५ रन को सम्मानजनक स्कोर बनाएको थियो । जवाफमा पर्सा १४६ रनको लक्ष्य पछ्याउने क्रममा १८.४ ओभरमा अलआउट हुँदै १२८ रन मा समेटियो ।

सर्लाहीको ब्याटिङमा मध्यक्रमले राम्रो प्रदर्शन गर्‍यो । जितेश मण्डल ले ३० बलमा ४६ रन बनाए जसमा ३ चौका र ५ छक्का सामेल थिए । उनले विस्फोटक ब्याटिङ गरे । परिमार्जन यादव ले पनि २८ बलको मद्धतले ४१ रनमा २ चौका र ४ छक्का जोडे । हेमन्त सिंह ले १० बलमा १७ रन ४ चौका बनाए । पर्साको बलिङमा नितेश पटेल ले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा मात्र ६ रन खर्चेर २ विकेट लिए । वासिम मन्सुरी ले पनि २ विकेट हात पारे ।

जवाफमा पर्साले राम्रो सुरुवात गरे पनि सर्लाहीको बलिङ आक्रमण सामु टिक्न सकेन । अभय यादव ले ४ ओभरमा १७ रन मात्र खर्चेर ३ विकेट लिए र खेलको रणनीति आफ्नो पक्षमा पारे, जितेश मण्डल ले पनि ३.४ ओभरमा १५ रन खर्चेर ३ विकेट हात पारे । राहुल महतो ले २ विकेट लिए भने चक्रधर यादव र अली हसन ले १–१ विकेट हात पारे । पर्साको ब्याटिङमा वासिम मन्सुरी ले २३ रन, अकिब अन्सारी ले १८ रन र अदर्श भण्डारी ले १६ रन बनाए । तर नियमित विकेट पतनले उनीहरूलाई ठूलो स्कोर बनाउन दिएन ।

सर्लाहीले ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै जित हासिल गरेको हो । जितेश मण्डल र अभय यादवको अलराउन्ड प्रदर्शनले टोलीलाई जित दिलायो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका जितेश मण्डल म्यान अफ द म्याच घोषित भए, यो जितसँगै सर्लाहीले प्रतियोगितामा २ अंक जोडेको छ भने पर्साले हारबाट सुरुवात गरेको छ । आजबाट सुरु भएको उक्त खेल चैत २८ गते सम्म संचालन हुनेछ, भोलि हुने खेलमा सर्लाहिले बाराको सामना गर्नेछ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban