कैलालीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

रातोघर

 २०७७ बैशाख १, सोमबार  मा प्रकाशित
५७४ पाठक संख्या


कैलाली ।
कैलालीमा थप १ जना कोरोना संक्रमित भेटिएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका– १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेस्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको छ ।
उनलाई एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको छ । योसँगै कैलालीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन