सुन, मदिरा र सुर्तीको मूल्य भोलिदेखि बढ्ने

रातोघर

 २०७७ जेष्ठ १५, बिहिबार  मा प्रकाशित
४८४ पाठक संख्या


 

काठमाडौं, जेठ 

सरकारले सुन, मदिरा र सुर्तीमा कर वृद्धि गरेको छ ।

बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने बताए । ती वस्तुको आयातमा सरकारले भन्सार दर वृद्धि गरेकाले मूल्य बढ्ने भएको हो ।

बजेट आगामी आर्थिक वर्षका लागि भए पनि भन्सार दरमा गरिएको फेरबदल तत्काल लागू हुने प्रावधान बमोजिम ती बस्तुको बढेकाे मूल्य भोलिदेखि नै लागू हुनेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban