बाराको खोलामा डुबेर दुईको मृत्यु

रातोघर

 २०७६ श्रावण १७, शुक्रबार  मा प्रकाशित
२४१ पाठक संख्या


बारा ।

बारामा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। बाख्रा चराउन गएका बेला खोलामा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको हो।
बाराको प्रसौनी गाउँपालिका–४ स्थित दुधौरा खोलामा बिहीबार डुबेर स्थानीय इब्राहिम अंसारीका १० वर्षिय छोरा साहिल अंसारी र अजमुल्लाह अंसारीका १२ वर्षिय छोरा अरमान अंसारीको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

खोलामा डुबेर बेहोस भएका दुवै बालकलाई उपचारको लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए।

-nsonlinekhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban