बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

रातोघर

 २०७६ श्रावण १९, आईतबार  मा प्रकाशित
३०१ पाठक संख्या


पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास ४ अतबे पुल नजिकै शनिवार राति बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

नाम, थर नखुलेको पहाडिया मुलको जस्तो देखिने अन्दाजी ४० बर्षको पैदल यात्रीको मृत्यु भएको हो ।

जनकपुरबाट काठमाडौतिर गईरहेको ना ६ ख १६४१ नम्बरको यात्री बोकेको बसले ठक्कर दिदा पैदल यात्री गम्भिर घाईते भएका थिए । घाइते भएका उनलाई उपचारकालागी बर्दिवासमा रहेको शुभस्वस्तिक अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमाटमकालागी अंचल अस्पताल जनकपुर लगिएको र आवश्यक अनुसन्धान भैरहेको बताईएको छ ।

ratopati.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban