मदिरा सेवन गरी साथीको टाउकोमा खुकुरी प्रहार

रातोघर

 २०७६ श्रावण १९, आईतबार  मा प्रकाशित
२९० पाठक संख्या


गुल्मीको मदाने गाउँपािलकामा आफ्नै साथीको टाउकोमा खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे सँगै मदिरा सेवन गरिरहेका बसन्त चन्दले बाबुराम बोहरालाई खुकुरी प्रहार गरेका हुन् ।

मदाने गाउँपालिकाको वडा नम्बर १ का बसन्त चन्दले बाबुराम बोहरालाइ खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । टाउको पछाडी  गम्भीर  चोट लागेका बोहरालाइ जिल्ला अस्पतालबाट  पाल्पा रिफर गरिएको  छ ।

खुकुरी प्रहार गर्ने चन्दलाई पुर्कोटदह ईलाका प्रहरी कार्यालय मार्फत पक्राउ गरि तम्घास ल्याउदै गरिएको गुल्मीका प्रहरी प्रबक्ता मिन बहादुर् घलेले बताए ।

ratopati.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban