डोटीमा गोली लागेर एक युवकको मृत्यु

रातोघर

 २०७६ श्रावण १९, आईतबार  मा प्रकाशित
५२९ पाठक संख्या


डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जंगली जनावर धपाउन हानेको गोली लागेर आदर्श गाउँपालिका–५ का १९ वर्षीय तपेश लुहारको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ का ५० वर्षीय जंगे भुलले हानेका थिए ।

शनिबार राति करिब पौने ११ बजेको समयमा सलामी डाँडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।

यसबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक कर्ण बोहोरासहितको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए । गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban