अटो र बोलेरो ठोक्‍किँदा सातजना घाइते, दुई गम्भीर

रातोघर

 २०७६ श्रावण २०, सोमबार  मा प्रकाशित
२४५ पाठक संख्या


धनगढी ।

धनगढी अत्तरिया सडकखण्डको गेटामा अटो रिक्सा र ग्यास सिलेन्डर बोकेको बोलेरो जीप ठोक्‍किँदा ७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। सोमबार बिहान ११ बजेतिर धनगढी उपमहानगरपालिका-१७ डमौलियाबाट बजारतिर आइरहेको ना ३ स ५५६६ नम्बरको अटो र धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ च ८२३ नम्बरको बोलेरो गोदावरी नगरपालिका-१३ मा पर्ने गेटा नजिकै आपसमा ठोक्‍किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी अटो चालक दिपक धामीसहित ७ जना घाइते भएका छन्। अटोमा सवार डमौलियाका ५५ वर्षका चनकलाल डँगौरा र सोही ठाउँकी रुपनी देबी डँगौरा गम्भीर घाइते भएका छन्।

अटोमै सवार सोही ठाउँका ५२ वर्षीया उर्मीला डाँगौरा, २८ वर्षीया बेपनी देबी चौधरी, २३ वर्षीया राजकुमारी चौधरी र उनका ५ वर्षीय छोरा योजन चौधरी पनि घाइते भएका छन्। चालक सहित पाँचजनाको अवस्था सामान्य रहेको सेतीअञ्चल अस्पतालले जनाएको छ।

गम्भीर चनकलालको दाँया खुट्टामा गम्भीर चोट लागेको छ। रुपनी देबीको टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरीले अटो चालक दिपक धामी र बोलेरो चालक तारासिंह साउँदलाई पक्राउ गरेको जनाएको छ।

annapurnapost.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban