

काठमाडौ ।
त्रिभुवन विमानस्थलबाट ४ किलो सुनहित चाइनिज नागरिकलाई पक्राउ गरिएको छ। हंकङबाट काठमाडौं ४ किलो सुन लिएर आएका चाइनिज नागरिक लि निंझीलाई एयरपोर्ट भन्सारले सोमबार समातेको हो।
बिस्कुट आकारको चार किलो अवैध सुन लगेजमा हालेर ल्याएका उनलाई चेकजाँचका क्रममा पक्राउ गरिएको विमान स्थलका सुरक्षा प्रमुख डिआइजी सूर्यप्रसाद शिलवालले जानकारी दिए।
उनलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा राखिएको डिआइजी शिलवालने बताए।
annapurnapost.com





Write your Comment