

जनकपुरधाम ।
नेशनल मेडिकल कलेजले बारा–पर्साका हावाहुरी पीडितलाई निःशुल्क उपचार गर्ने घोषणा गरेपनि प्रदेश सरकारबाट ३१ लाख बढी रुपैया असुलेको छ ।
कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष घाइतेको निःशुल्क उपचार गराउने घोषणा गरेका थिए । तर कलेज प्रदेश सरकारबाट रकम असुलेको हो । २ सय ३३ घाइतेको उपचार गरेको भन्दै कलेजले प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २ सय ८४ को चेक पाएका छन् ।
बुधबार मुख्यमन्त्री लालबाबु राउतले कलेजका निर्देशक आविद हुसैन अन्सारीलाई चेक हस्तान्तरण गरेका छन् । यस्तै वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक अबुल हायस अन्सारीले घाइतेको उपचार बापत १३ लाख ६३ हजार २ सय ५६ रुपैँयाको चेक मुख्यमन्त्री राउतबाट पाएका छन् ।
गत चैत १७ गते साँझ आएको हावाहुरीबाट बारा–पर्साका ३० जनाले ज्यान गुमाएका थिए । हावाहुरीले सयौं घाइते भएका थिए ।





Write your Comment