एउटै शिक्षकको भरमा मावि कक्षा संचालन

रातोघर

 २०७६ श्रावण २५, शनिबार  मा प्रकाशित
४८७ पाठक संख्या


जनकपुरधाम।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ मा.वि. दिगम्बरपुरमा एउटै मावि शिक्षकबाट कक्षा संचालन गर्दै आएको छ । विगतको दिनमा ७ कक्षा सम्म संचालन गर्दै आएको विद्यालयनेपाल सरकारको नयाँ शिक्षा नीति अनुसार कक्षा १० सम्म संचालन गर्न अनुमति प्राप्त गरेका छन । तर सुरुको दिनमा नि.मा.वि.को शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेर संचालन गरियो । मा.वि. तहको शिक्षक सम्पत महतोआएपछि प्रधानाध्यापक नियुक्त भए ।

अहिले एक मा.वि., एक नि.मा.वि. र ६ जना प्रा.वि. शिक्षक विद्यालयमा कार्यरत्त छन । जसमा एक राहत, २ जना बाल विकासको शिक्षकबाट विगत ५ साल देखि कक्षा १० संचालन गर्दै आएको छ । विगतमा श्री मा.वि.दिगम्बरपुरमा व्यवस्थापन समिति गठन गर्नको लागि चुनावी प्रक्रियामा समिति गठन भएको थियो । तर पनि यो विद्यालयको शिक्षामा सुधार नभएको दिगम्बरपुरबासीहरु बताउँछन । यती मात्र होइन नेपाल सरकारको नयाँ व्यवस्था अनुसार स्थानिय सरकार गठन भएको करिब २ वर्ष भइसकेको छ तर पनि दिगम्वरपुर मा.वि.को अवस्था जस्ताको तस्तै छ ।

स्थानिय चुनावमा क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्बपुरबाट वडाध्यक्षको रुपमा कांग्रेसबाट अशेश्वर महतो निवार्चित भई विद्यालयको अवस्था सुधारमा वडास्तरीय र नगरस्तरिय योजनाबाट नयाँ भवन बाउन्ड्री वाल लगायत भौतिक संरचना सुधार गरियो । तर, विद्यालयको विद्यालयको वास्तविक समस्या समाधान भए । विद्यालयमा शिक्षकको अभावले पठनपाठन प्रभावित हुँदै आएको छ । महतो शिक्षाको अवस्थाप्रति मौन देखिएका छन् । वडाध्यक्षको रुपमा महतोलाई करिब २ वर्ष भइसकेको अवस्थामा पनि एउटै मा.वि.को शिक्षक बाट कक्षा संचालन हुँदै आएको छ । यस सम्बन्धमा वडाध्यक्ष महतो सँग कुरा गर्दा अगामी दिनमा बनाइएको समितिमाथि आरोप लगाउँदै आफू पञ्छिन खोजेको थियो ।

विद्यालयको सम्पतिमा करिब ३० विग्हा जग्गा, कच्ची र पक्की गरि ६ ओटा भाडाको कोठा, पोखरी लगायतको अचल सम्पत्ति भएपनि त्यसको बास्तविक हिसाव छैन । विद्यालयको ३० विग्हा जमिन भएपनि यसको लेखाजोखा देखिएको छैन । दिगम्वरपुरमा करिब ५ सय घरधुरीको बालबालिकालाई शिक्षा दिने विद्यालयको अवस्था यस्तो भयो भने त्यहाँको बालबालिकाको भविष्य कता जाँदै छ अनुमान गर्न सकिन्छ । कक्षा १ देखि १० सम्म संचालित विद्यालयमा एक मा.वि. र नि.मा.वि., बाल शिक्षक लगायत ८ जना शिक्षकबाट संचालित मा.वि. दिगम्वरपुरप्रति नगरपालिका पनि उदासिन देखिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban