गंगालाल अस्पतालमा लापरवाही– गलत समूहको रगत चढाएकै करण आकृतिको मृत्यु भएको पृष्टि

रातोघर

 २०७६ श्रावण २६, आईतबार  मा प्रकाशित
२५५ पाठक संख्या


काठमाडौं ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गलत समूहको रगत चढाउँदा मृत्यु भएकी आकृति साहको उपचारमा संलग्न चिकित्सकसँग नेपाल मेडिकल काउन्सिलले स्पष्टिकरण सोधेको छ ।

सर्लाहीकी ५ वर्षिया आकृतिको मृत्यु पछि घटनाको छानविन गर्न गठित समितिले आकृतिको मुटुको शल्यक्रियाको क्रममा गलत समूहको रगत चढाइएको पुष्टि भएको प्रतिवेदन काउन्सिललाई बुझाएको थियो ।

आकृतिलाई गलत समूहको रगत चढाइएको भन्ने पुष्टि भएपछि काउन्सिलले उपचारमा संलग्न चिकित्सहरुलाई ७ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेको काउन्सिलका इथिकल कमिटिका संयोजक डा ढुण्डीराज पौडेलले बताए ।

उनले भने, ‘हामीले आकृतिको मृत्यु पछि एकसातामा छानबिन समिति बनाएका थियौं, समितिले तयार पारेको प्रतिवेदनमा गलत समूहको रगत चढाइएको पुष्टी भएको छ, तर डाक्टरले अझै स्वीकार्नु भएको छैन, त्यसैले हामीले उपचारमा संलग्नलाई एकसाताभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेका छौं ।’

बैशाख १७ गते गंगालाल अस्पतलमा ओपन हार्ट सर्जरी गर्ने क्रममा आकृतिलाई ‘ओ पोजेटिभ’ समूहको रगत दिनुपर्नेमा ‘ए पोजेटिभ’ रगत चढाइएको समितिले गरेको छानबिनबाट पुष्टि भएको छ  । गलत समूहको रगत चढाउँदा आकृतिको ओपन हार्ट सर्जरी गरेको १ सातामै मृत्यु भएको थियो ।

आकृतिको मृत्यु पछि उनका आफन्तहरुले डाक्टरले गलत समूहको रगत दिएकै कारण मृत्यु भएको भन्दै शव लिन समेत अस्वीकार गरेका थिए । तर गंगालाल अस्पतालले प्रहरीको रोहवरमा आकृतिको शव पोष्टमार्टमा पठाएको थियो ।

आकृतिको उपचारको क्रममा मृत्यु भएका समाचारहरु आएपछि नेपाल मेडिकल काउन्सिलले घटनाको एकसातापछि डा भगवान् कोइरालाको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

आकृतिको उपचारमा संलग्न चिकित्सकलाई स्पष्टिकरणको लागि एक साताको समय दिइएकाले एक सातापछि नै घटनामा दोषी रहेकालाई कारबाहीको प्रक्रिया अघि बढाइने डा पौडेलले बताए ।

khabarhub.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban