सर्लाहीमा धरहराको प्रतिमा स्थापना

रातोघर

 २०७६ श्रावण २८, मंगलबार  मा प्रकाशित
४६४ पाठक संख्या


सर्लाही ।

जिल्लाको हरिवन नगरपालिका ९ सुखेपोखरीस्थित पशुपति मन्दिरमा सोमबार नौ तले धरहराको प्रतिमा स्थापना गरिएको छ। साउन महिनाको अन्तिम सोमबारको अवसर पारेर प्रतिमाको स्थापना गरिएको हो।

नेपालको दोस्रो ठुलो पशुपति मन्दिर भनेर चिनिने सुखेपोखरीमा रहेको पशुपति मन्दिरमा हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले नेपालको झण्डा राख्दै प्रतिमाको उद्घाटन गरे। करिव चारकिलो बराबरको तामाको जलपबाट निर्माण गरिएको प्रतिमा मन्दिर परिसरमा राख्दा यस ठाउँको गौरवको कुरा रहेको नगरप्रमुख प्रसाईले बताए।

२०७२ सालको विनाशकारी भुकम्पपछि मानिसले धरहरालाई बिर्सिदै गइरहेका बेला आफ्नै गाउँ–ठाउँमा धरहराको प्रतिमा देखेर दर्शनका लागि आउने भक्तजन र पर्यटक पनि खुशी हुने नगरप्रमुख प्रसाईले बताए। हरिवन ९ मा रहेको शिक्षाबाट कोही पनि बञ्चित नहुन भन्ने संस्थाको सहयोगमा प्रतिमाको स्थापना गरिएको संस्थाका अध्यक्ष सुमित भण्डारीले जानकारी दिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban