एउटै वडामा ६० जनालाई डेंगु, नियन्त्रण अभियानमा सेना–प्रहरी

रातोघर

 २०७६ श्रावण २९, बुधबार  मा प्रकाशित
३६८ पाठक संख्या


हेटौंडा ।

हेटौंडामा डेंगुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा बुधवारबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् ।

हेटौंडाको पशुपति मन्दिर परिसरबाट ठूलो संख्यामा सर्वसाधरण, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौंडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौंको संख्यामा स्थानीय तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’मा सहभागी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा मात्रै ६० जनालाई डेंगु संक्रमण भएको पाइएको छ । यो संख्या जिल्लाभरिको डेंगु संक्रमितहरूको करीब आधा हो ।

नियन्त्रणको प्रयासका बाबजुद पनि मकवानपुरमा डेंगुका बिरामीको संख्या बढ्दै गएपछि बृहत सचेतना, सरसफाइ तथा डेंगु सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने कार्य सञ्चालन गर्न थालेको महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

lokaantar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban