

जनकपुरधाम ।
प्रदेश नम्बर २ मा बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश नं २ सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
प्रदेश २ का सरकारका तर्फबाट प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्यले एक प्रेस विज्ञप्ति जारी गर्दै बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिनुभयो ।
प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ ।
मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन् ।






Write your Comment